देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाकिस्तानी परमाणु बमका पिता भनेर चिनिने एक्यू खानको निधन

देशान्तर

काठमाण्डौ – पाकिस्तानी परमाणु बमका पिता मानिने डा। अब्दुल कादिर खानको ८५ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना भए पछि अस्पताल भर्ना भएका खानको उपचारको क्रममा निधन भएको बीबीसीले जनाएको छ । पाकिस्तानलाई परमाणु हतियार भएको विश्वको पहिलो इस्लामिक देश बनाउन गरेको योगदानका लागि उहाँलाई राष्ट्रिय नायक मानिन्छ । तर उहाँमाथि उत्तर कोरिया र इरानलाई परमाणु हतियारका गोप्य जानकारी दिएको आरोप पनि लाग्ने गरेको छ ।

प्रधानमन्त्री इमरान खानले पाकिस्तानले राष्ट्रिय विभूति गुमाएको बताए । एक्यू खानका नामले चिनिने उनले इस्लामाबादनजिकै कहुटामा पाकिस्तानको पहिलो परमाणु केन्द्र स्थापना गर्न प्रमुख भूमिका खेलेका थिए । सन् १९९८ मा पाकिस्तानले पहिलो परमाणु परीक्षण गरेको थियो ।

सन् २००४ मा उहाँलाई इरान, लिबिया र उत्तर कोरियालाई गैरकानुनी रूपमा परमाणु प्रविधिबारे जानकारी दिएको आरोपमा पक्राउ समेत गरिएको थियो ।