देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी

देशान्तर

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताएका छन् । एउटा भाषणमा राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा एकीकरण हुनुपर्ने बताएका हुन् ।

‘विभाजन’ लाई विरोध गर्ने चिनियाँ नागरिकको परम्परा रहेको उल्लेख गर्दै उनले एकीकरणमा जोड दिएको बीबीसीले जनाएको छ । राष्ट्रपति सीको भनाइमा प्रतिक्रिया दिँदै ताइवानको राष्ट्रपति कार्यालयले ताइवानको भविष्य त्यहाँकै नागरिकको हातमा रहेको बताएको छ । ताइवानले आफूलाई एक सार्वभौम मुलुकका रूपमा मान्छ भने चीनले भने ताइवानलाई भने एक अलग प्रान्तका रूपमा हेर्छ ।

चीनले बल प्रयोग गरेर एकीकरण गर्ने कुरा भने गरेको छैन । पछिल्लो एक हप्तामा ताइवानी आकाशमा १५०भन्दा बढी चिनियाँ सैनिक विमानको उडानपछि राष्ट्रपति सीको यस्तो भनाइ आएको थियो । चीनबाट राजशाही अन्त्य भएको ११०औं वर्षगाँठको अवसरमा राष्ट्रपति सीले भने, ‘मातृभूमिको एकीकरण गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ । र यो अवश्य पूरा हुनेछ ।’

चिनियाँ राष्ट्रपति सीले ताइवानसँग ‘एक देश स् दुई प्रणाली’ अन्तर्गत शान्तिपूर्ण रूपमा एकीकरण गर्न चाहेको बताएका छन् । ताइवानले भने बेइजिङलाई घुसपैठ, उत्पीडन र उत्तेजक कदम’ रोक्न आग्रह गरेको छ ।

राष्ट्रपति सीले यसअघि सन् २०१९ मा ताइवानसँग सम्बन्ध सुधार भएको ४०औं वर्षगाँठ का अवसरमा पनि दुई देशबीच शान्तिपूर्ण एकीकरण गर्न र एक देश दुई प्रणाली नीतिमा चीन प्रतिबद्ध रहेको बताएका थिए ।