काठमाडौँ – जम्मु काश्मिरको श्रीनगरस्थित ईदगाह इलाकामा लडाकुहरुले स्कुलमै फायरिङ गरेका छन् ।
घटनामा स्कुलका प्रधानाध्यापक(प्रिन्सिपल)सतिन्दर कौर र अर्का एक शिक्षकको मृत्यु भएको छ । पछिल्ला ५ दिनमा काश्मिरमा सात जनाको हत्या भइसकेको छ ।
यसमध्ये ६ घटना श्रीनगरमै घटेका छन् । मंगलबार लडाकुहरुले श्रीनगरको इकबाल पार्क इलाकामा प्रतिष्ठित केमिस्ट माखनलाल बिन्द्रूको हत्या गरेका थिए । उनीहरुले मेडिकल स्टोरमै घुसेर बिन्द्रुलाई गोली हानेका थिए । बुधबार मात्रै उनकी छोरी श्रद्धा बिन्द्रुले आफूसँग बहस गर्नका लागि लडाकुहरुलाई चुनौती दिएकी थिइन् ।
प्रतिक्रिया