काठमाडौं – भारतले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप पुर्याउन सुरु गरेको छ ।
भारतको सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाले अहिले भारतले मुलुकको उत्तर–पूर्वमा रहेको पर्वतीय क्षेत्रमा कोरोना खोप पुर्याउन ड्रोनको प्रयोग गरिरहेको बताएका छन् ।
भारतले २०२१ को अन्तिमसम्ममा सबै योग्य नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । यद्यपि विशेषज्ञहरुले भने भारतले आफ्नो लक्ष्य पूरा गर्न आफ्नो खोप अभियानलाई थप तीव्रता दिनुपर्ने बताएका छन् ।
अहिलेसम्म भारतले ९२ करोड डोज कोरोना खोप मानिसहरुलाई लगाइसकेको छ । भारतले मुलुकमा तीन कोरोना खोपलाई अनुमति दिएको छ । आधिकारिक तथ्यांकअनुसार भारतमा करिब ७० प्रतिशत योग्य जनसंख्याले कम्तीमा एक डोज कोरोना खोप लगाइसकेका छन् ।
भारतमा अहिलेसम्म तीन करोड ३० लाख कोरोना संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या चार लाख ४० हजारभन्दा धेरै छ । सोमबार भारतले मणिपुरमा पहिलोपटक ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरेको हो ।
परीक्षणको क्रममा विष्णुपुरबाट लोक्टाकको काराङ्गमा १० डोज कोरोना खोप पठाइएको हो । ड्रोनले केवल १२ मिनेटमा खोप उक्त स्थानमा पुर्याएको थियो ।
प्रतिक्रिया