देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेतृत्वले कसरी प्रदर्शन गर्ने कुशलता ?

देशान्तर

विश्व महाशक्तिराष्ट्र चीनको प्रसंगबाट आजको चर्चा शुरु गरौं ।

चीनियाँ नेता देङ स्याओ पेङ्गलाई फादर अफ मोडर्न चाइना, क्रिएटर अफ मोडर्न चाइना, आर्किटेक्ट अफ मोडर्न चाइना लगायतका सम्मान र उपाधीले स्मरण गरिन्छ । सन् १९७६ मा माओत्सेतुङको देहावसान भएपछि नेतृत्व र शक्तिमा उदाएका देङले त्यतिबेलासम्म विश्वको दोश्रो गरीब देशको रुपमा रहेको विशाल चीनलाई आजको समृद्ध चीन बनाउन अतुलनीय भुमिका खेलेका थिए र यस भूमिकालाई आधुनिक चीनको ईतिहासमा अभुतपूर्व योगदान मानिन्छ । देङ बेगरको आजको चीनको परिकल्पना गर्न कठिन छ । उनको राजनीतिक अठोट, आर्थिक नीति र प्रभावकारी कार्यान्वयनको परिणामस्वरूप आजको चीन विश्वसामु प्रतिष्ठित बनेको हो । बजार अर्थतन्त्रसहितको समाजवाद नै उनको प्रमुख नीति थियो । आधुनिक तथा बैज्ञानिक शिक्षा नैं समृद्ध चीन निर्माणको आधार हुनसक्छ भन्ने उनको बुझाई थियो । उनले त्यतिबेला अबलम्वन गरेको नीतिसँग परम्परागत माक्र्सवाद या माओवादले पटक्कै मेल खाँदैन । सन् १९७८ बाट १९८९ सम्म आईपुग्दा तेनमेन स्क्वायरको बिद्यार्थी आन्दोलनको निर्मम दमन बाहेक त्यस अबधिमा चीनमा खाशै आलोचनात्मक राजनीतिक घटना भएनन् । देङ्गले खडा गरेको बिकासको आधारशिला नैं आधुनिक चीनको गौरव हो ।

राजनीतिक रुपमा उनी र उनको देशले अबलम्वन गरेको बाटो या प्रणालीसँग सहमत हुन सकिदैन तर उनका केही कार्यशैलीहरु अनुकरणीय छन् । त्यसमध्ये एउटाको मात्रै चर्चा गरौँ । पढेलेखेका जमिन्दार बाबुका छोरा असाध्य मेहनती तथा मेधावी देङलाई एकपटक पत्रकारहरूले सोधेछन्, दिनमा कति घण्टा काम गर्नु हुन्छ ? उनले जवाफ दिएछन्, दुई घण्टा । उनको जवाफबाट आश्चर्यचकित पत्रकारहरूले फेरि सोधेछन्, बाँकी समय के गर्नुहुन्छ ? उनले जवाफ दिएछन्, सोच्छु अर्थात् योजना बनाउँछु । काम गर्न छुट्टयाइएको २ घण्टा बाहेक देङले कसरी राम्रो काम गर्न सकिन्छ भनेर २२ घण्टा सोच्दा रहेछन् र परिणाम निकाल्दा रहेछन् । के यो कार्यशैली सिङ्गो संसारका लागि अनुकरणीय छैन त ? उनले जिम्मि कार्टर र रोनाल्ड रेगन जस्ता बिश्व बिख्यात अमेरिकी राष्ट्रपतिहरुसँग बुद्धिमत्तापूर्णरुपले जुन सम्बन्ध राखे, त्यसले पनि आधुनिक चीनको निर्माणमा ठूलो तथा ऐतिहासिक योगदान पुगेको छ भन्दा अतिशयोक्ति नहोला । यो प्रसंग किन स्मरण गरिएको हो भने कुनैपनि व्यक्ति वा संस्थाले जस्तो कार्यशैली अख्तियार गर्छ परिणाम त्यस्तै निस्किन्छ । देङले जनअधिकार र नागरिक स्वतन्त्रताको बिषयलाई समेत महत्व दिएको भए उनको उचाइ अझ बढ्ने थियो ।

त्यति मात्र होइन विश्व राजनेताको प्रतिष्ठा पाएका बिख्यात अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले भनेका छन्– यदि तिमी मलाई रुख काट्नको लागि ६ घण्टा समय उपलब्ध गराउँछौ भने म शुरुका चार घण्टा मेरो बञ्चरो उद्याउनमा खर्च गर्छु । कति राम्रो कुरा ! भुत्ते बञ्चरोले त रुख काट्न सक्तैन र धारिलो बञ्चराले चाडै रुख छिनाल्छ । यसले कुनै काम गर्नु अगाडि राम्रोसँग तयारी गर्नुपर्छ भन्ने कुरालाई ईङ्गित गर्दछ । तयारी बिनाका कुनै पनि काम उपलब्धिमुलक नहुन सक्छन् । परिक्षा, प्रतियोगिता, युद्ध सबैका लागि पुर्वतयारी चाहिन्छ । कुनै पनि संस्था, समाज र देश भनेको पनि आखिर मानिस नैं हुन् । मानिस कै योग्यता र बुद्दिमत्ताले सबै उन्नत बन्ने हुन् । कुनै अदृश्य शक्तिले रातारात प्रगति गराउने होइन । यो सत्यलाई सबैले बुझ्दैनन् र भाग्यवादी बन्छन् । भाग्य जन्मजात पैदा हुने कुरा होइन । मानिसको कर्मले भाग्य पैदा गर्दछ । राम्रो र असल कर्म सौभाग्यको जननी हो भने दुश्कर्म दुर्भाग्यको जननी हो । मानव सभ्यतालाई असल मानिसहरूले नै आजसम्म डोर्‍याएर ल्याए नत्र मानव जातिको अस्तित्व नैं नरहन सक्थ्यो । यसमा इतिहासको बिभिन्न कालखण्डमा निर्णायक भूमिका खेल्ने महापुरुषहरू तत्कालीन समयका सफल नेता हुन् । यस्तै दृष्टान्त मध्येको एउटा नमुना हुन् लिङ्कन ।

सफल संस्था या नेता वा राष्ट्रसँग जीवनको कार्यसूचि हुन्छ । यसका लागि अन्तस्करण खुल्नु पर्छ । राष्ट्र किन निर्माण भयो, संस्था किन बनाइयो र मेरो जन्म किन भयो भन्ने कुरा थाहा नपाउनेहरू कदापि सफल हुदैनन् । यिनले आफूले त दुःख पाउँछन् नैं, अरुलाई पनि दुःख दिन्छन् । अफगानिस्तान र अफगानी जनता यसको पछिल्लो उदाहरण हो । आतंक र परतन्त्रता अगाँलेका अफगानीहरूले अझै निकै दुःख पाउँने पक्का छ । उनीहरूले अरुलाई पनि दुःख दिने पनि पक्का नैं छ । आफ्नो अस्तित्वको महत्व नबुझ्नेहरूले अन्ततः अस्मिता, स्वतन्त्रता र पहिचान गुमाउँदछन् ।

अस्तित्व आफ्नै बेहोसीले गुम्ने हो । पहिचान, राष्ट्र सबै कुरा आफ्नै नालायकी र अयोग्यताले गुमाउने र हराउने हो । ठूलठूला पदमा पुग्ने बित्तिकै पुग्ने जति सबै योग्य भइहाल्दैनन् । घटनाक्रम, परिस्थिति र संयोगले पनि कहिलेकाहीँ ओहदा प्राप्त हुने गर्छ । अक्सर यस्तो अवसरलाई कमै मात्रले सदुपयोग गर्दछन् । जसले सदुपयोग गर्छन् ती महान् बन्दछन् । सबै ब्यक्ति चाणक्य हुदैनन् जसले पहिले आफूलाई तयार ग¥यो र पछि चन्द्रगुप्त पैदा गर्‍यो । त्यसैले प्राप्त अवसर त्यस्तो मौका हो जसलाई अधिकतम सदुपयोग गरि सिङ्गो समाज र आफू स्वयंलाई समेत लाभान्वित तुल्याउन सकिन्छ । यसको तात्पर्य प्राप्त जिम्मेदारीलाई सार्थक बनाउन सकिन्छ ।

सरकार राज्यको तर्फबाट काम गर्ने प्रतिनिधि हो । र सरकारले गर्ने सबै काम जनताका लागि हो । सरकारी अधिकारीहरू जनताको पसिनामा बाँच्दछन् । यसबापत उनिहरूले जनतालाई समान रूपले राज्यको सेवा प्रवाह गर्नुपर्दछ । यसमा कमि हुनासाथ राज्यको बेईमानीको प्रश्न उठिहाल्छ । यो स्वभाविक हो, उठाउन पाईन्छ । किनभने राज्य जनताले आफ्नो सेवा र सुरक्षाका लागि निर्माण गरेको संगठित संस्था हो । अन्यथा राज्यको दरकारै छैन । सरकार निश्चित प्रक्रियाबाट आफ्नै लागि जनताले छानेको पहरेदारहरूको जमात हो । यो कुनै अलौकिक वा देव प्रदत्त समुह होइन ताकि जनताले यसको पुजा अर्चना गर्नु परोस् । आफ्नो आवश्यकताले, आफ्नै धन खर्चेर खडा गरेको सरकारलाई भन्ने, सचेत गराउने र हटाउने अधिकार जनतालाई हुन्छ । बरु सरकारहरूले जनताको पूजा गर्नु पर्छ । किनभने जनताले चाहेन भने सरकारको चुल्हो निभ्छ । यस्तो वास्तविकतालाई नजरअन्दाज गरेर चलेका सरकारहरु नैं जनबिरोधी हुन्, निरंकुश र दमनकारी हुन् । अफगानिस्तानका खराब सरकारहरूले सोभियत संघलाई नभित्राएको भए आजको दुर्दशा झेल्नु पर्दैनथ्यो । सरकारमा पुगेका खराब पात्रहरूको क्षुुुुुुुद्र स्वार्थको परिणाम नैं आज देश तालिवानी हिंसा र आतंकको मुहान भएको छ र बिदेशीहरूको क्रिडास्थल बनेको छ ।

नेपाल देश नेपाली पुर्खाहरूको अथक संघर्ष र ठूलो बलिदानबाट निर्माण भएको हो । यो एकैरातमा बनेको होइन । अर्को कुरा यहाँ चलेका पुराना राजनीतिक प्रणालीहरू भन्दा बर्तमान प्रणाली उत्तम ठानेर वा मानेर स्थापना गरिएको हो । यस प्रणालीसँग गर्न सकिएन भन्ने सुविधा छैन । माथि नैं चर्चा भईसक्यो कि हरेक प्रणालीको सफलता याअसफलता ब्यक्तिको नेतृत्व कुशलतासँग जोडिने कुरा हो । ब्यक्तिको सामथ्र्य र योग्यताले संस्था, समाज र राष्ट्र बन्ने हो । लि क्वान, महाथिर, पार्क चुङ हाम्रा नजिकका उदाहरण हुन् । उनीहरूले आफ्नो देशको सामथ्र्य र आवश्यकतालाई ठम्याए । तदनुकुलको तयारी गरे र आफ्नो इमान, नैतिकता र कठोर मेहनतले देश बनाए । यसबाट हामीले सिक्नु पर्छ कि पर्दैन ? यसअघि हामीबाट धेरै कमजोरी भए, जसको ठूलो मुल्य चुकाउनु पर्‍यो । अब त्यस्ता गल्ती कमजोरी दोहो¥याएर फेरि देशलाई अन्यौलतर्फ धकेल्नु हुदैन, जनतालाई निराश बनाउनु हुँदैन ।

नेतृत्व एउटा त्यस्तो प्रतिक वा धरोहर हो जो निर्माण हुन वर्षौ लाग्छ र नेतृत्वसँग जनताका आशा जोडिएका हुन्छन् । अझ लोकतान्त्रिक प्रणालीमा त राजनीतिक दलको मुख्य नेताको भूमिकामा समाज र राष्ट्रको भविष्य अडिएको हुन्छ । नेताको कर्मले जनताको भाग्य निर्माण हुन्छ र कुकर्मले दुर्भाग्य । हामी आफैंले वकालत गरेको र संघर्षद्वारा स्थापना गरेको राजनीतिक प्रणालीको अहिले स्वयं नेतृत्व गरिरहेका छौँ । बिगतको लामो राष्ट्र सञ्चालनको अनुभव पनि छ । साच्चै भन्ने हो भने यतिबेला जनता घोर निराशामा डुबेको छ । दुईतिहाई निकटको सरकार चल्न सकेन । जनताका सामान्यभन्दा सामान्य समस्या पनि सम्बोधन भएनन् । एकप्रकारले जनता अभिभावक बिहिन भए।गरिबी र बेरोजाााारी बढ्यो । शिक्षा क्षेत्र तहसनहस भयो । शान्ति सुरक्षा नाजुक भयो । कोरोना महामारी रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चालिएन । संघीय शासन प्रणालीका सबै तहका सरकारहरुप्रति जनबिश्वास बढेन । राजनीतिक दलहरूका बिचमा न्युनतम समझदारी समेत भएन । दलहरुभित्रको अन्तरकलह उत्कर्षमा पुग्यो । यस्तो बेलामा प्राप्त जिम्मेदारी सम्पादनमा निकै जटिलताहरु हुन्छन् नैं । तथापि नेतृत्वले आफ्नो क्षमता प्रदर्शन गर्ने र परिणाम निकाल्ने यस्तै बेलामा हो ।

जनतामा सामाजिक तथा सांस्कृतिक जागरुकता कम हुनु पछौटे र अविकसित समाजको लक्षण हो । हाम्रो देश पनि यसको अपवाद छैन । राजनीतिक रुपमा भने नेपाल धेरै अगाडि छ । यसको उदाहरण नेपालमा सम्पन्न भएका चरणवद्ध राजनीतिक आन्दोलनहरू नै हुन् । तर देशको समुन्नतिका लागि राजनीतिक परिवर्तन मात्र पर्याप्त नहुँदो रहेछ । त्यसैको परिणाम आजको दुरावस्था हो । त्यसैले अहिले हामी राष्ट्र निर्माणको गह्रौं बोझले थिचिएका छौँ । पुरानो पुस्ताको सक्रियता निबृत्तिको मोडमा छ ।

उमेर पुगेको राजनीति बाहिरको कान्छो पुस्ता अन्यौलपूर्ण भविष्यबाट निराश छ । सबै राजनीतिक दल भित्रका तीनै पुस्तामा शक्ति संघर्ष जारी छ । समाज तनावग्रस्त छ, त्यसैले अशान्त छ । राष्ट्रिय ढुकुटी मजवुत छैन र अर्थतन्त्रका सुचकहरू उत्साहजनक छैनन् । कर्मचारीतन्त्र अवसरपरस्त छ । व्यापारी, व्यवसायीहरु संत्रस्त छन् । वैदेशिक रोजगारी गम्भीर रुपमा प्रभावित छ, बिप्रेषण घटेको छ,व्यापार घाटा बढेको बढ्यै छ।यस्तो बेलामा सबैलाई आश्वस्त बनाएर देश चलाउन निकै गाह्रो छ ।

तथापि थाप्लोमा जिम्मेदारी लिएपछि उम्कन मिल्दैन । तसर्थ कुनै पनि कार्य निकै तयारीका साथमात्र थाल्नु पर्दछ । देङ्गले भनेजस्तो बढिभन्दा बढी सोच्ने र जति काम गरिन्छ प्रभावकारी र परिणाममुखी मात्र गर्ने बुद्दिमानी देखाउनु पर्दछ । लिङ्कनले भनेजस्तो काम थाल्नु् अगाडि राम्रो तयारी गर्नु पर्छ । सबल र सफल नेतृृृत्वले जनतामा आशा जगाउन सक्नु् पर्छ । दिन मात्रै गनेर बस्यौंं भने समृद्धि आफैं आउँँदैैैन, इतिहासले धिक्कार्छ ।