देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तम्घासमा बिहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालन गर्न नपाइने

देशान्तर

गुल्मी – गुल्मी सदरमुकाम तम्घास बजार क्षेत्रभित्र विहान ९ देखि ११ बजेसम्म ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । स्कुल बस सञ्चालन गर्ने समय भएकाले त्यस समयमा टिपर, ट्रक र ट्याक्टर लगायतका ठूला सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको हो ।

तम्घास बजारका सरोकारवालाहरुसँगको छलफलपछि सवारी साधन सञ्चालनबारे नयाँ नियम बनाइउको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । चाडपर्वको समयमा मानिसहरुको पनि भीडभाड हुने र सवारी साधनको पनि चाप बढ्ने गरेपछि तम्घास बजार क्षेत्र अस्तव्यस्त हुने गरेको छ ।

सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ । बजार क्षेत्रमा समान लोड र अनलोड बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नगर्ने, खाली टिपर र ट्रकले बाख्रेछेडाको सडक प्रयोग गर्नुपर्ने नियम बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

बजार क्षेत्रमा प्रेसर हर्न निषेध गर्ने र सवारी पार्किङ गर्दा सडकको एक छेउमा मात्र पार्किङ गर्ने, एक दिन एक छेउमा र अर्को दिन अर्को छेउ पार्किङ गर्ने गरी नियम बनाइएको छ ।