देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाग्मतीको प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने

देशान्तर

काठमाडौँ – भौगोलिक दृष्टिले अति विकट मानिने दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–४ प्यूटारमा प्रत्येक शनिबार हाट बजार खुल्ने भएको छ ।

स्थानीयस्तरमा उत्पादित फलफूलका साथै तरकारी तथा अन्यबाली खरिद बिक्रीका लागि सो बजार सञ्चालन गर्न लागिएको हो । वाग्मतीका साथै नजिकै रहेका गाउँवासीको समेत उत्पादन सङ्कलन गरी बजारमा बिक्री गर्न राखिने वडाध्यक्ष नारायणबहादुर घलेले बताए ।

उनले भन्नुभयो, “सुरुआतका केही समयमा हप्ताको एक दिन मात्रै बजार खुलाउने छलफल भएको छ, किसानको आर्थिकस्तर उकास्न १० कोठाको ट्रस्ट निर्माण गरी शनिबार मात्रै उद्घाटन ग¥याँ ।” सो बजारको आठ कोठामा शनिबार मात्रै स्थानीयस्तरमा उत्पादित कोदो, फापर, गुन्द्रुक, चिया, कफी, मकै, धान, मासु, फलफूल, तरकारी र लत्ताकपडा आदि बस्तु राखेर बिक्री गरिएको घलेले  जानकारी दिए ।