देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घण्टामा ८६७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ५९८ पीसीआर र २ हजार ६२१ जनाको एन्टीजेन परीक्षणका क्रममा ८६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ। कुल संक्रमितमध्ये १७ हजार ६४२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार १२३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ।

उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ।

हाल १६ हजार ३७१ जना होम आइसोलेसन र १ हजार २७१ जना संस्थागत आइसोलेसनमा छन्। २३९ जना क्वारेन्टाइन, ३५० जना आइसीयू र ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।