देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्युत् प्राधिकरणद्वारा इन्टरनेट, टेलिफोन र केबल प्रदायकको तार काट्न सुरु

देशान्तर

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गरेर भाडा नतिरेका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्न सुरु गरेको छ ।

प्राधिकरणले पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका सेवा प्रदायकहरूको लाइन काट्न सुरु गरेको हो । बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा गुजारेपछि प्राधिकरणले त्यस्ता सेवा प्रदायकविरुद्ध कारबाही सुरु गरेको हो ।

प्राधिकरणको ग्राहक तथा वितरण सेवा निर्देशनालयका अनुसार शनिबारदेखि इन्टेरनेट, टेलिफोन र केबल टेलिभिजनको लाइन काटन् सुरु गरिएको हो । तर, मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सांकेतिक रूपमा एक्सटेन्सन लाइन काटिने निर्देशनालयले जनाएको छ ।

सेवा प्रदायकहरूले बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगरेको प्राधिकरणले जनाएको छ । बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न पटक–पटक सूचना जारी गर्दा सुनुवाइ नगरेको प्राधिकरणले जनाएको छ ।

उता सेवा प्रदायक कम्पनीहरूले भने यसविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा उनीहरूले भेला गरी संघर्ष समिति गठन गरेका हुन् । उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई ज्ञापनपत्र पनि बुझाएका छन् ।