देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

केन्यामा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेको डब्ल्यूएफपीको चेतावनी

देशान्तर

एजेन्सी – केन्यामा अबको एकरदुई महिनामा कम्तीमा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको छ ।

उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेका कारण कात्तिक, मंसिरसम्ममा २४ लाख मानिसलाई जटिल खाद्यान्नको अभाव हुने भन्दै चेतावनी दिएको हो । पूर्वी अफ्रिकी देशहरुमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले अर्थव्यवस्थालाई धराशायी बनाएको छ ।

डिसेम्बर २०१९ मा सलहको आक्रमण तथा सन् २०२० र २०२१ मा परेको खडेरीका कारण खाद्यान्नको आपत्कालीन अवस्थाको सामना गर्नुपरेको अवस्था आएको हो । राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गएको महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गरेको थियो ।

त्यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेको बताइन्छ । संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएफपीको प्रक्षेपण अनुसार गएको वर्षभन्दा यो वर्ष तीन गुणा बढी मानिस भोकमरीको चपेटामा पर्ने सम्भावना छ । गएको वर्षको कात्तिक र मंसिर महिनामा साढे आठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।