देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हाथवे इन्भेष्टमेन्ट नेपालले ५० रुपैयाँमै आईपीओ निष्काशन गर्ने

देशान्तर

काठमाडौं–हाथवे इन्भेष्टमेन्ट नेपालले सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा नै साधारण सेयर निष्कासन गर्ने भएको छ ।

साधारणतया कम्पनीहरुले १०० रुपैयाँमा आइपिओ निष्काशन गरिरहेका बेला हाथवेले भने ५० रुपैयाँमा नै आइपिओ निष्काशन गर्न लागेको हो ।

कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

सेयर जारी गर्नका लागि हाथवेले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

आइतबार हाथवे इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर पछि अब सर्वसाधारणले प्रति कित्ता ५० रुपैयाँमा नै आइपिओ पाउने पक्का भएको छ ।

विगतमा सोल्टी होटलले १० रुपैयाँ अंकित मूल्यमा सेयर जारी गरेको भएपनि लामो समयदेखि सय रुपैयाँभन्दा कम दरमा साधारण सेयरको सार्वजनिक निष्काशन जारी भएको थिएन । यस अर्थमा हाइथवेले धेरैपछि सय रुपैयाँभन्दा कम मूल्यमा सेयर जारी गर्न लागेको हो ।

धितोपत्रको मूल्यका सम्बन्धमा धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को बुँदा ४२ ९१० मा भनिएको छ, साधारणतया धितोपत्रको अंकित मूल्य शेयरको हकमा प्रतिइकाई एक सय रुपैयाँ, डिबेञ्चरको हकमा प्रति इकाई एक हजार रुपैयाँ र सामूहिक लगानी योजना वा एकाइअन्तर्गतको धितोपत्रको हकमा प्रति इकाई दश रुपैयाँ हुनेछ । यद्यपि, कानूनले आईपीओका लागि कुनै निश्चित मूल्य भने तोकिएको छैन ।