देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सल्यानमा जीप दुर्घटना : १२ जना घाइते

देशान्तर

सल्यान – सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।

घाइतेमध्ये कुमाख गाउँपालिका वडा नं। २ का ३६ वर्षीय बुद्धि थापा, २९ वर्षीया दुर्गा खत्री, ३२ वर्षीया लोकमाया पुन गम्भीर रहेका छन्।

सल्यानको मर्मपरिकाँडाबाट बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ९३० नम्बर जीप बुधबार बिहान ९:२० बजेतिर कुमाख गाउँपालिका वडा नं। २ धावनखोला नजिक दुर्घटनामा पुरेको सल्यान प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले बताए।

घाइतेको उद्धारपछि उपचारका लागि सल्लीबजारतर्फ पठाइएको र गम्भीर घाइतेहरूलाई बाँकेतर्फ पठाइएको डिएसपी थापाले बताए।

जीप सडकबाट झण्डै ६० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।