देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से ७८ अङ्कले बढ्याे, ६ अर्ब रुपैयाँभन्दा धेरैकाे काराेबार

देशान्तर

काठमाडौँ – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार ८७ अङ्कभन्दा धेरैले बढेको नेप्से आज ७८ दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ५१ दशमलव शून्य सात विन्दुमा पुगेको छ ।

आज पनि सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ४५ अङ्कले, होटल दुई सय ३२, विकास बैंक एक सय ८५ र हाइड्रोपावर समूहको शेयर एक सय २३ अङ्कले बढेको छ । यस्तै फाइनान्स समूहको शेयर एक सय ३६, निर्जीवन बीमा तीन सय १७, माइक्रोफाइनान्स ६८ र जीवन बीमा समूहको शेयर चार सय ९९ अङ्कले बढेको छ ।

आज दुई सय २१ कम्पनीका एक करोड १४ लाख ८६ हजार कित्ता शेयर ६ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ । केही दिनअघिसम्म कारोबार रकम तीन अर्ब पनि पुग्न नसकेकोमा हिजाे चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियाे । आज भने काराेबार रकम बढेर ६ अर्ब रुपैयाँ पुगेकाे हाे ।  आज सात वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । साना किसान विकास बैंक कम्पनीको शेयर भने सबैभन्दा धेरै दुई प्रतिशतले घटेको छ ।