देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विकासशील देशलाई अमेरिकाको ५० कराेड डाेज खाेप दिने घोषणा

देशान्तर

अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा खोप दिने भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो वर्षदेखि फाइजरको थप ५० करोड मात्रा प्रदान गर्ने घोषणा गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत भएको भर्च्युअल कोभिड–१९ साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै बाइडेनले खोपको पहुँच विस्तारका लागि सहयोगको घोषणा गरेका थिए ।

विश्वको जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई खोप प्रदान गर्नका लागि ११ अर्ब मात्रा खोप चाहिने विज्ञहरुले बताउने गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यो वर्ष (सन् २०२१) को अन्त्यसम्ममा सबै देशमा कम्तीमा ४० प्रतिशत मानिसलाई खोप लगाउने लक्ष्य तोकेको छ ।

विश्वका धनी देशमा हालसम्म कम्तीमा आधा जनसंख्यालाई खोपको कम्तीमा एक मात्रा दिइएको छ । तर कम आय भएका देशमा मात्रै दुई प्रतिशत मानिसले खोपको कम्तीमा एक मात्रा लगाउन पाएको अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ ।

अमेरिकाले यसअघि नै कम आय भएका देशहरुलाई ५८ करोड मात्रा खोप उपलब्ध गराउने वाचा गरेको थियो । त्यसमध्ये १६ करोड मात्रा खोप विभिन्न देशमा पुगेको छ ।

पछिल्लो केही महिनायता खोपको उत्पादन तीव्र भएको छ । धनी देशहरुले वर्षको अन्त्यसम्ममा एक अर्ब २० करोड मात्रा खोप पाउने छन् ।

धनी देशहरुमा अहिले बुस्टर मात्रा खोप लगाउन थालिएको छ ।