देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नोभेम्बरदेखि अमेरिकाले यात्रा प्रतिबन्ध हटाउने

देशान्तर

अमेरिकाले कोरोना महामारीकाबीच लगाइएको यात्रा प्रतिबन्धलाई आगामी नोभेम्बरदेखि फुकुवा गर्ने योजना अघि सारेको छ ।

ह्वाइट हाउसका कोभिड– १९ संयोजक जेफ जियन्ट्सले नयाँ नियम घोषणा गर्दै कोरोना महामारी नियन्त्रणमा देश भन्दा व्यक्ति नै सतर्क रहनु पर्ने भन्दै यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको जानकारी दिएका छन् ।

अमेरिकाले बेलायत, युरोपियन युनिएन र अन्य केही राष्ट्रहरुमाथि गत बर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । कोरोना बिरुद्धको पुर्ण खोप लगाएको र कोरोना परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका यात्रुहरुलाई अमेरिका प्रवेश गर्न दिइने भएको छ ।

अमेरिकाले शुरुमा चिनियाँ यात्रुमाथि लगाएको प्रतिबन्ध बिस्तारै बेलायत हुँदै अन्य राष्ट्रहरुमा पनि लागु गरेको थियो । १८ बर्ष मुनिका खोप नलगाएकाहरुको हकमा भने केही निर्णय गरिएको छैन ।