अफगानिस्तानको कान्दहारमा हजारौँ सर्वसाधारणले तालिबानविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
तालिबानले घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको छ ।
कान्दहारमा उक्त आदेशविरुद्ध विरोध प्रदर्शन जारी छ । सरकारी जग्गामा नै भए पनि २० वर्षदेखि आफूहरु यही ठाउँमा बसेकाले घर खाली नगर्ने प्रदर्शनकारीले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी र पश्चिमी सैनिक गठबन्धन (नाटो) फौजले बहिर्गमन प्रक्रिया थालेसँगै तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो ।
काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति असरफ घानी निर्वाचित सरकार ढलेको थियो ।
प्रतिक्रिया