देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विष्णु माझीको माइत पुग्यो प्रहरी

देशान्तर

काठमाडौँ– भूमिगतजस्तै रहेकी गायिका विष्णु माझीलाई खोझ्दै प्रहरी उनको माइतीघर पुगेको छ।

स्याङ्जाको चापाकोटस्थित माझीको माइतीघर पुगेर उनको अवस्थाबारे बुझ्ने काम भएको स्याङ्जा प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए। श्रीमान सुन्दरमणि अधिकारीको शब्दमा माझीले गाएको ‘चरी जेलैमा’ बोलको गीत यतिबेला चर्चामा रहेको छ।

लामो समयदेखि सार्वजनिक नभएकी माझीलाई उनका श्रीमान सुन्दरमणिले बाहिर आउन नदिएको हल्लाहरु बारम्बार चल्ने गरे पनि प्रहरी प्रशासनले पुष्टि गर्न सकेको छैन।

‘जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि माझीको अवस्था बुझ्न हामी उनको माइतीघर पुगेका थियौँ। उहाँहरुले तीन वर्षदेखि छोरी घर नआएको बताउनुभयो। तर परिवारसँग भने नियमित सम्पर्कमा हुनुहुँदो रहेछ’, एसपी बोगटीले भने। सुन्दरमणिको घर कास्की हो। माझी काठमाडौँमा बस्दै आएको अनुमान हुने गरेको छ।

तर माइती पक्षले समेत माझी कहाँ बस्छिन् भनेर बताउन नचाहेको एसपी बोगटीले बताए।