काठमाडौँ – चुनावी अभियानका क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोमाथि ढुंगा प्रहार भएको छ । उनलाई प्रदर्शनकारीले प्रहार गरेको गिट्टी ले लागेको हो ।
ब्रूअरीको भ्रमण गरेर आफ्ना बसमा फर्किने क्रममा ट्रूडोमाथि ढुंगा प्रहार भएको हो । सानो गिट्टीले लागेका कारण ट्रूडोलाई चोट भने लागेको छैन ।
ट्रूडोले गएको अगस्ट मध्यमा चुनावको घोषणा गरेका थिए । वामपन्थी लिबरल पार्टीको बहुमतको अपेक्षा सो चुनावबाट गरिएको छ ।
तर उनको चुनावी अभियानले अवरोधको सामना गर्नु परेको छ । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने बाध्यकारी नियम तथा अरु प्रतिबन्धका कारण उनको आलोचना हुँदै आएको हो ।
गत हप्ता आक्रोशित प्रदर्शनकारीले चुनावी सभा हुने स्थलमा एम्बुस पड्काएपछि ट्रूडोले कार्यक्रम नै रद्द गर्नु परेको थियो ।
प्रतिक्रिया