देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातबाट निधन

देशान्तर

काठमाडौँ — बलिउड कलाकार सिद्धार्थ शुक्लाको ह्रदयघातका कारण निधन भएको छ । बिग बोस– १३ का विजेतासमेत रहेका शुक्लाको मुम्बईको कुपर अस्पतालमा निधन भएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

अस्पतालका अनुसार ४० वर्षीय शुक्लाले सुत्नुअघि औषधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । अस्पतालले उनको मृत्यु ह्रदयघातका कारण भएको उल्लेख गरेको छ । शुक्लाले मोडलिङ हुँदै आफ्नो करिअर सुरु गरेका थिए ।

उनले टेलिशृंखला ुबबुलका आगन छुटे नाु, जाने पेहेचाने से ये अजनवीु, लभ यु जिन्दगीुमा अभिनय गरेका थिए । तर बालिका बधुुबाट भने उनले चर्चा कमाएका थिए । रियालिटी सो बिग बोस– १३ बाहेक उनी झलक दिखलाजा– ६ु, फियर फ्याक्टर स् खत्रोंका खिलाडी ७ मा पनि सहभागी भएका थिए

उनले सन् २०१४ मा हम्टी शर्माकी दुल्हनियाँुमा साहयक अभिनेताको भूमिका गरेका थिए ।