देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनवादी गायक जेबी टुहुरेको निधन

देशान्तर

काठमाडौं – जनवादी गायक जेबी टुहुरेको निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नै निवासमा लडेपछि उनलाई अस्पताप पुर्याइएको थियो । तर, भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको अवस्थामा सुधार आउन सकेन ।

७८ वर्षिय टुहरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनका धेरै गितहरु श्रोतासामु अति लोकप्रिय रहेका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ।।’ बोलको गीत सर्वाधिक लोकप्रिय छ ।