देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोकियो ओलम्पिकमा एकैदिन स्वर्णपदक जित्ने दाजुबहिनी

देशान्तर

टोकियो ओलम्पिक भर्खरै सकिएको छ। पदक जित्ने लक्ष्यसहित हजारौं एथ्लिट्सहरू पछिल्लो खेल महाकुम्भमा सहभागी भएका थिए। सयौं एथ्लिट्सहरूले आफ्नो लक्ष्य पूरा गर्न सफल भए।

कसैले आफ्नो रेकर्ड सुधार गरे भने कसैले पहिले देखाएको खेलकौशल दोहोर्‍याउन सकेनन्। पदक जित्न नसक्ने खेलाडीले विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामा भाग लिने अनुभव पनि प्राप्त गरे।

तर, हामी तपाईंलाई एक दाजुबहिनीको कथा सुनाउँदैछौँ। जसको लागि यो ओलम्पिक ऐतिहासिक र यादगार साबित भएको छ। उनीहरू दुवैको उपलब्धि ओलम्पिक इतिहासमा पहिले कहिल्यै दर्ज भएको थिएन। उनीहरू दुवैले एकैदिन जुडोतर्फ स्वर्णपदक जितेका थिए।

रक्षाबन्धन अवसरमा हिफुमी आबे र युटा आबेको कथा बीबीसी हिन्दीबाट अनुवाद गरिएको हो।​

एकैदिन जुडोमा स्वर्णपदक

टोकियो ओलम्पिकमा जुडो खेल जुलाई २५, २०२१ मा भएको थियो।

२१ वर्षीय युटा र उनका दाइ २४ वर्षीय हिफुमी जापानी जुडो टोलीका सदस्य थिए। दुवै आ(आफ्नो गोल्ड प्राप्त गर्नका लागि अन्तिम राउन्डमा पुगेका थिए। दुवैको फाइनल पनि एकैदिन थियो।

युटा आबेले महिलाको ५१ केजीमा ब्राजिलकी लारिसा पेमिन्टा, क्वार्टरफाइनलमा बेलायतको चेल्सी जाइल्स र सेमिफाइनलमा इटालीकी ओडेटा ज्युफ्रिडालाई हराएर फाइनलमा प्रवेश गरेकी थिइन्।

हिफुमी र युटाको कथा प्रेरणादायक छ। दुवै जनाले साबित गरे कि दाजुभाइ र दिदीबहिनी झगडा वा माया मात्र गर्दैनन्। खेलकुदमा पनि सँगै इतिहास बनाउन सक्छन्।
उपाधी भिडन्तमा युटाले फ्रान्सकी अमाण्डिन बोचार्डसँग प्रतिस्पर्धा गरिन्‌, उनलाई पराजित गर्दै स्वर्णपदक जितिन्।

हिफुमी आबेले पुरुषको ६६ केजी तौल समूहमा पनि शानदार प्रदर्शन गरे। हिफुमी १६ औं राउन्डमा फ्रान्सका किलियन ले ब्लोक, क्वार्टरफाइनलमा मंगोलियाका योन्डोन्पेरेनलाई बास्खु र सेमिफाइनलमा ब्राजिलका डेनियल कार्गानिनलाई हराएर फाइनलमा प्रवेश गरे। फाइनलमा हिफुमीले जर्जियाको भजा मार्गवेलाश्विलीलाई पराजित गर्दै स्वर्णपदक जिते।

चाखलाग्दो कुरा के छ भने, दुवै भाइबहिनीले केही मिनेटको अन्तरमा स्वर्णपदक जितेका हुन्। पहिले बहिनीले गोल्ड जितिन्। केही मिनेटपछि हिफुमीले स्वर्णपदक जितेर इतिहास मात्र रचेनन्, आफ्नो परिवारसहित सम्पूर्ण जापानलाई गर्वित बनाए।

स्वर्णपदक जितेपछि हिफुमीले पत्रकार सम्मेलनमा भने, ‘यो हाम्रा लागि एकदमै विशेष दिन हो। मलाई लाग्छ स् भाइ र बहिनी दुवैले टोकियो ओलम्पिकजस्ता स्टेजमा गोल्ड जित्नु कति ठूलो कुरा हो। हामी धेरै खुसी छौँ।’

दबाब झेल्दै अब्बल

युटा ५२ केजी तौल समूहमा स्वर्णपदक निम्ति सबैभन्दा बलियो दाबेदार थिइन्। उनले सोचेअनुसार स्वर्णपदक पनि जितिन्। तर, यसको कारण हिफुमीमा धेरै दबाब थियो।

पत्रकार सम्मेलनमा उनले भने, ‘अब म आधिकारिक रूपमा भन्न सक्छु कि मेरी बहिनीसँगै म स्वर्णपदक जित्ने उत्साह बोकेर सहभागी भैरहेको थिएँ। युटाको दाइ भएको हैसियतले मसँग हार्ने विकल्प थिएन।’ ​

हिफुमी जापानबाट ओलम्पिकका लागि छनोट भएका १४ औं र अन्तिम खेलाडी थिए। छनोट चरण खेलहरू गत वर्ष डिसेम्बरमा खेलाइएको थियो, जहाँ उनी ओलम्पिकमा भाग लिन योग्य भएका थिए।

प्रेरणा साझेदारी

दुवैको लागि जुडो बाल्यकाल देखिकै लक्ष्य थियो।

जुडो प्रतियोगितामा एक(अर्कोलाई चुनौती दिइन्छ। हरेक खेलाडीका लागि अन्तिम बिन्दु ओलम्पिक हो। उनीहरूले ओलम्पिकमा भाग मात्र लिएनन्, स्वर्णपदक पनि हासिल गरे।

रक्षा बन्धन अवसरमा हामी हरेक भाइबहिनीहरू हिफुमी र युटाजस्तै विश्वमा अब्बल देखिनसकुन्‌ भनी कामना गर्छौँ।
युटाको जीतपछि केही पत्रकारहरूले उनलाई सम्पर्क गर्न खोजे। तर, युटाले दाजुले अझै खेल्न बाँकी रहेको भन्दै अस्वीकार गरिन्। युटाले मैदानमा पुगेर दाइलाई प्रोत्साहन दिइरहिन्। जब दाइले स्वर्णपदक जिते। यसपछि उनीहरू दुवैले पत्रकारसँग बोल्न स्वीकार गरे।

आबे दाजुबहिनीले विश्व च्याम्पियनशीपमा आफ्नो क्षमता देखाइसकेका थिए। यो जोडीले ओलम्पिकभन्दा पहिले विश्व च्याम्पियनशीपमा स्वर्णपदक जित्ने क्षमता देखाएका थिए।

दुवैले सन्‌ २०१८ को विश्व च्याम्पियनशीपमा स्वर्णपदक जितेका थिए। सफलता प्राप्त गरेपछि उनीहरूको प्रशंसा विश्वभर चुलिएको थियो। उनीहरूले तीन वर्षभित्र ओलम्पिकमा पुनः एकैपटक सफलता दोहोर्‍याए।

ओलम्पिकजस्ता खेलमा कुनै पदक पाउन सजिलो छैन। यस्तो स्थितिमा स्वर्णपदक प्राप्त गर्न कडा मेहनत र धेरै समर्पण आवश्यक हुन्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त के भने आबे दाजुबहिनीले दुनियाँ भरका युवा खेलाडीलाई अन्तरराष्ट्रिय प्रतिष्पर्धामा इतिहास बनाउन प्रेरित गरिदिएका छन्।

हामी सबैलाई थाहा छ कि दाजुभाइरदिदीबहिनीको सम्बन्ध धेरै विशेष छ। आपसमा झगडा गर्छन्‌, मजाक उडाउँछन्। तर, एक(अर्कोलाई धेरै माया गर्छन्।

हिफुमी र युटाको कथा प्रेरणादायक छ। दुवै जनाले साबित गरे कि दाजुभाइ र दिदीबहिनी झगडा वा माया मात्र गर्दैनन्। खेलकुदमा पनि सँगै इतिहास बनाउन सक्छन्।

उनीहरूको सफलताले लैङ्‌गिक समता र सक्षमतालाई पनि पुष्टि गरेको छ। समान अवसर र समान सुविधा दिँदा समान उपलब्धि हात पार्न सक्छन्‌ भन्ने उदाहरण उनीहरूले पेश गरेका छन्‌।

​रक्षा बन्धन अवसरमा हामी हरेक भाइबहिनीहरू हिफुमी र युटाजस्तै विश्वमा अब्बल देखिनसकुन्‌ भनी कामना गर्छौँ।