काठमाडौँ – रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अन्य देशले अफगानिस्तानमाथि आफ्नो इच्छा थोपर्न नहुने बताएका छन् ।
शुक्रबार जर्मन चान्सलर एंगेला मर्केलसँग अफगानिस्तानको– विषयमा छलफल गरेपछि पुटिनले पत्रकारहरुसँग कुरा गर्दै तालिबानले आफ्नो प्रतिज्ञा निभाउने विश्वास व्यक्त गरेका छन् । पुटिनले चरमपन्थीहरुलाई अफगानिस्तानभन्दा बाहिर निस्किन र यस क्षेत्रका अन्य देशमा फैलिनबाट भने रोक्नुपर्ने बताए ।
पुटिनले भने– बाहिर बसेर विदेशी मुल्य थोपर्ने र विदेशी मोडलको लोकतन्त्रको विकास गर्ने जस्तो गैर जिम्मेवार काम गर्न रोकिनु पर्छ । हामीले अफगानिस्तानलाई राम्रोसँग जान्दछौं । हामीले सिकेका छौं की यो- देशले कसरी काम गर्छ । र यसका परम्परा विपरित उसमाथि राजनितिक र समाजिक व्यवस्था थोपर्नु कति हानिकारक हुन्छ ।
पुटिनले अफगानिस्तानमा कुनै पनि किसिमको राजनितिक र सामाजिक प्रयोग विगतमा सफल नभएको बताए ।
पुटिनले तालिबानले अहिले युद्ध समाप्त भएको घोषणा गरेको बताउदै उनीहरुले प्रतिबद्धता व्यक्त गरेको जस्तो व्यवहारमा निभाउने विश्वास व्यक्त गरेका छन् ।
रुसले अहिलेसम्म तालिबानको विरोध गरेको छैन भने तालिबानलाई समर्थन गर्ने धेरै कम देशहरु मध्ये रुस पनि एक हुनसक्ने विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया