विद्रोही समूह तालिबानले अफगानिस्तानलाई कब्जामा लिएको घट्नामा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् ।
अफगानिस्तानको अपमानका लागि बाइडेनले राजीनामा दिनुपर्ने उनको माग छ । दुई दशकदेखि त्यहाँ रहेका आफ्ना सैनिक अमेरिकाले फर्काएसँगै ग्रामीण क्षेत्रमा मात्रै सीमित तालिबानले सहर केन्द्रित आक्रमण थालेको थियो ।
ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने दाबी गरेका छन् । तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहित शीर्ष नेताले देश छोडेका छन् ।
काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा काबुल छोड्नेहरुको भीड बढेको छ ।
प्रतिक्रिया