देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

देशान्तर

 

काठमाडौँ – शुक्रबार सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । सपुतको तीज गीत कुरा बुझ्न पर्च सार्वजनिक भएइको २४ घण्टाभन्दा अगाडि नै युट्युबको ट्रेन्डिङको एक नम्बरमा पुगेको थियो ।

युट्युबको अहिले उक्त गीत २२ लाखभन्दा बढीले हेरिसकेका छन् । सपुतको तीज गीतलाई धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।

सपुतको तीज गीतमा चर्चित गायिका शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् । गीतको भिडियो निर्देशन पनि गायक सपुत आफैले गरेका हुन् ।

भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय रहेको छ ।