काठमाडौँ — अफगानिस्तानले भारतसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरेको छ ।
अफगानिस्तानमा तालिबानले आक्रमण बढाइरहेका बेला विदेशमन्त्री मोहमम्मद हनिफले भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरी सुरक्षा परिषद्को आपत्कालीन सत्र आयोजना गर्न आग्रह गरेका हुन् । अफगानिस्तानमा जारी हिंसा कम गर्न र शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयलाई केन्द्रमा राखेर सत्र आयोजना गर्न विदेशमन्त्री हनिफले आग्रह गरेका छन् ।
पछिल्लो समय अफगानिस्तानमा तालिबानले आक्रमण बढाइरहेको छ । उसले हेलमन्डलगायतका प्रान्तमा कब्जा गर्ने प्रयास गरिरहेको छ । मंगलबार मात्र काबुलको सबैभन्दा सुरक्षित मानिएको ग्रीन जोनमा बम विस्फोट गराइएको छ । उक्त आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिए पनि तालिबानको संलग्नताको आशंका गरिएको छ ।
प्रतिक्रिया