देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो टी-ट्वान्टी : वेस्ट इन्डिजसँग पाकिस्तान ७ रनले विजयी

देशान्तर

काठमाण्डौ – घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो टी-ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले हराएको हो ।

यो जितसँगै पाकिस्तानले ४ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजाविहीन भएको थियो । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शहिन साह, अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले । मोहमद रिजवानले ४६ रन जोडे । यससँगै रिजवानले एकै वर्षमा धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट तथा ड्वाने ब्राभोले दुई विकेट लिए । तेस्रो खेल आज राति हुँदैछ ।