काठमाडौँ । आयोजक जापान टोकियो ओलम्पिकको पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा पेनाल्टी सुटआउटमा न्यूजील्याण्डलाई ४-२ गोल अन्तरले पराजित गर्दै जापान सेमिफाइनलमा पुगेको हो ।
यस अघि ९० मिनेटको निर्धारित समय र ३० मिनेटको अतिरक्त समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । अब जापानले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ । यसअघि आजै भएको खेलमा स्पेनले आइभरी कोष्टलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो । जापान र स्पेनबीचको सेमिफाइनल खेल मंगलबार हुने छ ।
प्रतिक्रिया