देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा ८.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

देशान्तर

एजेन्सी – अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।

स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।