टर्कीमा सात सयभन्दा बढी आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट उनीहरु पक्राउ परेका हुन् । टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ ।
जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ परेका इस्तानबुल प्रहरी बलले जनाएको छ ।
पक्राउ परेकाहरु अवैधरुपमा लुकेर बसीरहेका आप्रवासी हुन् । पक्राउ पर्नेहरुमध्ये धेरैजसो अफगानिस्तानका रहेका छन् ।
अफगानिस्तानमा हिंसाका घटना बढेसँगै शरणार्थीका रुपमा टर्की छिर्नेको संख्या बढ्दै गएको बताइएको छ ।
प्रतिक्रिया