टोकियो ओलम्पिकमा पौडी तर्फ नेपाली खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् ।
गौरिकाले १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । नेपाली समय अनुसार उनले दिउँसो पौने चार बजे बजे टोकियो एक्विटिक सेन्टरमा प्रतिस्पर्धा गर्ने छिन् । खेल तालिका अनुसार गौरिका पहिलो हिटमा रहेकी छिन् ।
हिटको छैटौं लेनमा रहेकी गौरीकाको हिट चरण पार गर्ने संभावाना बलियो देखिएको छ । इन्ट्रि टाइमिङमा गौरीका अहिले दोस्रो स्थानमा छिन् । उनी भन्दा अगाडि मोन्टनेग्रोकी एन्डिला एन्टु नोभिक छिन् ।
उनको समय एक मिनेट ४९ मिलिसेकेण्ड रहेको छ । गौरिकाको यो बिधामा एक मिनेट ६२ मिलिसेकेण्डको छ ।
साथै गौरिकालाई आफ्नो राष्ट्रिय रेकर्ड सुधार्ने पनि मौका रहेको छ । यसअघि मंगलबार एलेक्स शाहले पौडीमा प्रतिस्पर्धा गर्दा राष्ट्रिय रेकर्ड सुधार गरे पनि हिट चरण पार गर्न भने असफल रहेका थिए ।
प्रतिक्रिया