देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाबाट झापाका चर्चित उद्योगपति अग्रवालको निधन

देशान्तर

झापा– कोरोना भाइरसको संक्रमणबाट झापा जिल्लाका चर्चित उद्योगपति तथा समाजसेवी पर्शुराम अग्रवालको निधन भएको छ। उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलगुढीस्थित महाराजा नर्सिङ होममा बुधबार राति ९ बजे निधन भएको हो।

झापा उद्योग वाणिज्य सङ्घका पूर्व-अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका(५ निवासी अग्रवालको स्वास्थ्यमा समस्या आएपछि उनले मेची अस्पताल भद्रपुरमा कोरोनाको पीसीआर परीक्षण गराएका थिए। जेठ ३१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुढी लगिएको थियो। महाराजा नर्सिङ होममा उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो।

फेरि तीन दिनअघि पुनः उनको स्वास्थ्य अवस्था जटिल बन्यो। बुधबार दिउँसो थप स्वास्थ्य जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटर राखेको केही घण्टामै उनको मृत्यु भएको आधिकारिक जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए।

उनको शवलाई बिहीबार बिहान ९ बजे घर ल्याइएको थियो। त्यसपछि दाहसंस्कारका लागि मेची नदी किनार लगिएको थियो। उनको दाहसंस्कार धार्मिक परम्पराअनुसार नेपाल स्काउटको टोलीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गरेका थिए। उनको निधनले जिल्लाका उद्योगी व्यवसायी स्तब्ध भएका छन्। उनको निधनले यहाँका व्ययवासीले भद्रपुर बजार दिउँसो १२ बजेसम्म बन्द राखेका थिए।