काठमाडौं– कोभिड-१९ विरुद्धको १० लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज बेइजिङ जाने भएको छ । दिउँसो साढे २ बजे उड्ने जहाज राती ११ बजे बेइजिङमा अवतरण गर्ने तयारीमा छ ।
उक्त परिमाणको भेरोसेल खोप ल्याएर जहाज भोलि दिउँसो काठमाडौं आइपुग्ने भएको छ । शुक्रबार पहिलो खेप खोप ल्याएपछि थप आपूर्तिका लागि हप्तैपिच्छे उडान भर्ने तयारी भएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।
‘शुक्रबार १० लाख डोज ल्याएपछि तालिकाअनुसार हप्तैपिच्छे खोप ल्याउने कार्यक्रम छ’ पौडेलले भने । नेपालले चिनियाँ खोप भेरोसेल उत्पादक कम्पनी साइनोफार्मसँग ४० लाख डोज खोप ल्याउन लागेको हो ।
प्रतिक्रिया