देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनसुनी वायुको प्रभाव, लगातार वर्षा

देशान्तर

आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सामान्यदेखि पूर्ण बदली भएर काठमाडौ उपत्यकालगायत देशका विभिन्न भागमा रातिदेखि लगातार वर्षा भइरहेको छ ।

प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारको वर्षाका कारण आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड र भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सयौं यात्रु बाटोकै अलपत्र परेका छन् ।

उक्त स्थानमा पहिरो पन्छाएर बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको अनुमान छ ।

साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन पनि महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ ।