देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले एकता कार्यदल बैठक: छलफल सकारात्मक, भोलि फेरि बस्ने

देशान्तर

काठमाडौं – नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ । करिब तीन घण्टा भएको छलफलमा एकताका लागि सकारात्मक विषयले प्रवेश पाएका कार्यादलका सदस्यले बताएका छन । सिंहदरबारमा भएको छलफलमा माधव नेपाल समूहका सदस्यहरुले असहमतिका बुँदाहरु राखिएको कार्यादलका सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

आफूहरुको असहमति कुन कुन कुराहरुमा हो भन्ने कुराहरु सबै राखेको र उक्त छलफल सकारात्मकतातिर अघि बढेको नेता विष्टको भनाई छ । यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले आज फेरि बैठक बस्ने निर्णय गरेको थियो ।

यस्तै कार्यदलका अर्का सदस्य रघुजी पन्तले भने, ‘छलफल सकारात्मक दिशातर्फ गइरहेको छ । अहिलेसम्म निष्कर्ष निस्किएको छैन । हामी फेरि भोलि बैठक बस्छौं । नेता पन्तले आज बुँदागत रूपमा छलफल भएको बताए । तर कुन बुँदामा छलफल भयो, त्यो चाहिँ भनेनन् । उनले थप भोलि छलफल हुने बताए ।

बाहिर चर्चामा रहेको संयुक्त वक्तव्यका विषयमा भने बैठकमा कुनै छलफल नभएको बताए । आवश्यक सहमतिका लागि बैठक भोलि पनि बस्नेछ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् ।

यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् ।