देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाको आधिकारिकता विवाद: उपेन्द्र र महन्थ पक्षसँग निर्वाचन आयोगमा छलफल शुरु

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच निर्वाचन आयोगमा मेलमिलापका लागि छलफल शुरु भएको छ । आयोगले जसपाका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको हो ।

ठाकुर पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, केशव झालगायत नेता आयोग पुग्दा यादव पक्षका राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव, प्रकाश अधिकारीलगायत नेताहरु छलफलमा सहभागी छन् । यादव पक्षका नेता डा. बाबुराम भट्टराई भने छलफलका लागि आयोगको कार्यालय पुगेका छैनन ।

यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो । आयोगले जसपाको दुबै पक्षलाई मेलमिलापका लागि प्रयास गर्ने सम्भव नभए कानून अनुसार अघि बढ्ने बताएको छ ।