काठमाण्डौ – राष्ट्रिय सभामा पेस भएका १६ अध्यादेशमध्ये १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस भएको छ । राष्ट्रिय सभाको गएको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेस गरेका १६ अध्यादेशमध्ये १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो ।
संसद् सचिवालयले अध्यादेश अस्वीकार गर्न प्रस्ताव पेस गर्न चाहने सांसदका लागि असार २० गतेसम्मको समय दिएको थियो । राष्ट्रिय सभाको विधेयक शाखा प्रमुख तथा विधायन व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीले २० गतेसम्ममा १० अध्यादेशमा अस्वीकार प्रस्ताव पेस भएको र बाँकी रहेका ६ वटामा अस्वीकार प्रस्ताव पेस नभएको बताए ।
राष्ट्रिय सभामा पेस भएका अध्यादेशमध्ये बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश २०७७, संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय०९पहिलो संशोधन० अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ मा अस्वीकार प्रस्ताव पेस भएका छन् ।
त्यस्तै नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश २०७८, शपथसम्बन्धी अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ मा पनि अस्वीकार प्रस्ताव पेस भएको सचिव गिरीले जानकारी दिनुभयो ।
यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि तेस्रो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० अध्यादेश २०७८ माथि भने अस्वीकार गर्ने प्रस्ताव पेस भएको छैन । प्रमुख प्रतिपक्षी तथा विपक्षी गठबन्धनका सांसदले १० अध्यादेश अस्वीकृतको प्रस्ताव गराउनुभएको छ ।
प्रतिक्रिया