काठमाडौँ – वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संविधानको धारा ७६ उपधारा ५ स्वतन्त्र धारा भएको बताएकी छिन् । नेपाल बारबाट विघटन मुद्दामा एमिकस क्युरीमा चयन भएकी पाठले संवैधानिक इजलासमा राय दिँदै भनिन्–‘७६ उपधारा ५ आफैं स्वतन्त्र धारा हो ।’
उपधारा ५ मा २ अनुसार भन्ने शब्द उल्लेख गरिएको छ । त्यसबारे पाठकको ब्याख्या छ–‘ उपधारा २ भनेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने ब्यवस्था हो त्यो उपधारा पटक–पटक प्रयोग हुन्छ तर ५ चाहिँ एकपटक मात्र प्रयोग गर्न मिल्छ ।’
संविधानले स्वतन्त्र हैसियतमा रहेका सांसदहरुलाई अन्तिम विकल्प स्वरुप अवसर दिएको पाठकको राय छ । ‘दलीय शासन प्रणालीले दल बिरुद्ध जान दिँदैन तर, संसदमा १ सिट पाएर स्वतन्त्र हैसियतका सदस्य जो छन्, उहाँहरुले पनि अरु दलको समर्थनमा प्रधानमन्त्री बनाउन पाउँछन्’ पाठकले भनिन्–‘ त्यो अवसर ७६ उपधारा ५ ले दिएको छ ।’
बलियो आधार पेश हुन नसकेको अवस्थामा जनादेशका लागी निर्वाचनमा खानेकुरा जायज भएको राय दिँदै पाठकले भनिन्–‘रिट निवेदन खारेज गरिनुपर्छ, निर्वाचनमा जानुपर्छ भन्ने कुरा जायज छ तर, चुनावअघि वालिङ नागरिकलाई कोभिड–१९ को खोप लगाउनुपर्छ ।’
प्रतिक्रिया