देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनमा जाने कदम निरंकुश होइन : सांसद दाहाल

देशान्तर

काठमाडौं – राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन्।

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै दाहालले पहिलो पटक प्रतिनिधिसभा पुनस्थापनापछि पनि केही काम गर्न नसकेकाले निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर गरे । उनले निर्वाचनको विरोध गर्ने विपक्षीहरूमा जनतासम्म जाने हिम्मत नभएको आरोप लगाएका छन् ।

उनले भने , ‘विपक्षीहरु कसै संग पनि जनतासम्म जाने हिम्मत देखिएको छैन ।’

दाहालले संसदीय अभ्यासको नाम गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनाधिकृत र असंसदीय अभ्यास सुरु भएको जिकिर गर्नुभयो । निर्लज्ज भएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको उहाँको टिप्पणी छ ।

कोभिड दोश्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम दाहालको दाबी छ । उहाँले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरेका छन् ।