देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सङ्क्रमण दर उस्तै, निषेधाज्ञा खुकुलो

देशान्तर

काठमाडौँ – गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई सरकारले खुकुलो बनाएको छ । यद्यपि कोरोना संक्रमण दरमा भने उस्तै रहेको छ ।

काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले निषेधाज्ञा केही खुकुलो तुल्याएर थप एक साता लम्ब्याउने तयारी गरेको छ । संक्रमणको दोस्रो लहर उच्च बिन्दुमा पुग्दा दैनिक करिब ९ हजारको हाराहारीमा संक्रमित थिए । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाएपछि दैनिक संक्रमितको संख्या २२- २३ सयको हाराहारीमा देखिएको छ ।काठमाडौं उपत्यकामा हट्यो जोर विजोर, २५ जनासम्मले भौतिक रुपमा परीक्षा दिन पाउने

​स्वास्थ्य मन्त्रालयका अनुसार हाल संक्रमण दर १९.१ प्रतिशत छ । कोरोना संक्रमणको दर अझै करिब २० प्रतिशतको हाराहारीमा रहेकाले जोखिम उच्च रहेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।

विगत एक महिनादेखि कोरोना संक्रमण दर २० देखि ३० प्रतिशतको आसपास कायम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार असार १३ गते अर्थात् गत आइतबार ३१० जना संक्रमित भए भने क्रमशः सोमबार २४७, मंगलबार ३०७, बुधबार यो संख्या बढेर ५१६ पुग्यो । यस्तै बिहीबार ३३६, शुक्रबार २६५ र शनिबार २१५ जनामा संक्रमण पुष्टि भयो ।

देशभरको संक्रमित संख्यामा स्थिर भए पनि गएको साता यता काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा संक्रमितको संख्या स्थिर देखिएको छैन । काठमाडौं जिल्लामा एक साता यता ८४७ जनामा कोरोना पुष्टि हुँदा ललितपुर जिल्लामा ७१३ संक्रमित देखिएका छन् भने भक्तपुरमा ६३६ जना संक्रमित पाइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।