काठमाडौं – नेपाली कंग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ बनाइएको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा युवा नेता पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेल चयन भएका छन् ।
समिति सदस्य पौडेललाई आइतबारबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो । समिति सचिव केशव रिजालले विज्ञप्ति जारी गर्दै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएका छन् ।
अब समितिको आधिकारिक धारणा पौडेलले सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।
गत फागुन ६ गते बसेको केन्द्रीय समिति बैठकबाट रमेश लेखकको संयोजकत्वमा गठित समितिमा पौडेलसहित, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार सदस्य छन् ।
समितिलाई २० असारसम्म सदस्यता छानबिन टुंग्याउन चार असारमा बसेको कांग्रेस केनद्रीय कार्यसमिति बैठकले जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया