काठमाडौँ – नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने छ ।
अबको चार दिनपछि खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लिनका लागि जुलाई ८ तारिख अर्थात् असार २४ गते बिहीबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए । यस्तै दोस्रो र तेस्रो उडान क्रमशः जुलाई १५ र २२ मा हुनेछ । खोपमा ब्रेक थ्रु स् चीनको सिईनोफार्मसँग खोपबारे सम्झौता, असार २४ गतेबाट निरन्तर आपूर्ति हुने
सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि ‘नन् डिस्क्लोजर एग्रीमेन्ट’ गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए । यसअघि चीन सरकारले अनुदान सहयोगमा नेपाललाई १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराइसकेको छ ।
अब कोरोनाविरुद्धको खोप निरन्तर आपूर्ति हुने र देशव्यापी रुपमा खोप अभियान सञ्चालन हुने प्रवक्ता पौडेल बताउँछन् । हालसम्म नेपालले ४२ लाख ४८ हजार मात्रा खोप प्राप्त गरिसकेको छ भने आजसम्म कुल जनसंख्याको ९ प्रतिशतले अर्थात् २५ लाख ७४ हजार ७१५ जनाले पहिलो मात्रा खोप लगाएका छन् । यस्तै, ७ लाख ५७ हजार ३८० जना अर्थात् ३ प्रतिशतले दोस्रो मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया