काठमाडौँ – नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेदेखि दशौं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेदेखि महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
यसअघि एमालेले २०७८ मंसिरमा दशौं महाधिवेशन गर्न प्रस्ताव गरिएको थियो ।
शनिवारको बैठकमा महासचिव पोखरेलले यही असार मसान्त भित्र पार्टी सदस्यता नवीकरण गरिसक्न, साउन १५ गतेसम्म स्थानीय तहका वडामा अधिवेशन गर्नेसहितका प्रस्ताव पेश गरेका छन् ।
प्रतिक्रिया