काठमाडौं – राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ।
विमानस्थलको निर्माणकार्य ६ महिनामा सम्पन्न हुने बताइएको छ। असारभित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण निमार्णको काम पर धकेलिएको हो। गत आर्थिक वर्ष २०७६– ७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो।
गत वर्षसमेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन। चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा काम रोकिएको थियो।
मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेकोमा कोभिड दोस्रो लहरका कारण रोकिएको थियो। विदेशबाट आउने जनशक्ति जुलाई(अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको हुँदा काम निरन्तर भइरहने इन्जिनियर कृष्ण पौडेलले बताए।
कोभिडको निषेधाज्ञामा पनि काम नरोकि निरन्तर भएको बताए। ५०० जनशक्तिको ठाउँमा निषेधाज्ञामा २०० हाराहारीमा जनशक्तिले काम गरिरहेको इन्जिनियर पौडेलले जानकारी दिए।
निषेधाज्ञाका कारण निर्माणको एक महिनाको प्रगतिमा कमी आउने उनले बताए। कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो।
विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि शुरु भएको हो। हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन ९यात्रु जहाजमा चड्ने र ओर्लने स्थान०, नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन्।
टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ। आठ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो।
प्रतिक्रिया