देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निरन्तरको बर्षाका कारण सुनसरी र रौतहट जिल्ला डुवानमा

देशान्तर

सुनसरी – निरन्तरको बर्षाका कारण सुनसरी र रौतहट जिल्ला डुवानमा परेका छन् । निरन्तरको बर्षाले सुनसरी र रौतहटको अधिका‌‌श भुभाग जलमग्न भएपछि डुवानमा परेका हुन ।

लगातारको बर्षाको कारण रौतहटको गौर, चन्द्रपुर लगायत १८ वटै स्थानीयतहको अधिकांश भाग डुवानमा परेका छन् । प्राचिनकालिन कुलो मासिएको कारण बस्तिका बासिन्दाको घर डुबेको छ ।

डुवानमा परेका घरका परिबारको अन्न, लताकपडा, सबै भिजेको छ भने चौपाया बस्तुको समेत बिजोग भएको छ । चन्द्रपुर नगरपालिकाको वडानम्बर ४ र ५ मा रहेको मुस्लिम बस्ति पुरै डुवानमा परेको छ ।

पानीको निकास बन्द नहुदा चन्द्रपुर नगरपालिकाको मुख्य सडक बाटनै नदि झै पानी बगेको छ । सडक क्षेत्रको नालीको सरसफाइ नगरिँदा बर्षा हुँदा बस्तिनै डुवानमा पर्दै आएको छ ।

त्यस्तै, लगातारको वर्षातका कारण सुनसरीको अधिकांश स्थान डुवानमा परेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, हरिनगरा गाउँपालिका, भोक्राहा नर्सिङ गाउँपालिकाका दर्जनौ बस्ती डुवानमा परेको छ ।

बस्तीको पानी खोलामा निकास नभएका कारण सयौ घरपरिवार डुवानमा परेका छन् ।

सुनसरीका हालसम्म १७ घरपरिवार वाढीका कारण विस्तापित भएको र पाँच सय बढी घर डुवानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनले सर्वसाधारणको सुरक्षाका लागि एक हजार भन्दा बढी नेपाली सेजा, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका जानकारीदिए ।