काठमाडौं – देशभर गएको २४ घण्टामा झण्डै २३ सय कोरोना संक्रमित थपिएका छन्।
१० हजार ५ सय ९६ जनाको परीक्षण गर्दा २ हजार २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो।
६ हजार ५ सय ६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ९१ र ४ हजार ३० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गएको २४ घण्टामा ३ हजार ४ सय ५१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।
यो अवधिमा कोरोनाका कारण ३४ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ।
प्रतिक्रिया