काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीति फेरि पनि एमालेलाई नै केन्द्रबिन्दु बनाएर अघि बढ्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले एमाले र सरकारका विरुद्ध स्याल हुईया मच्चाउनेहरु धेरै समय नटिक्ने बताए ।
शुक्रबार बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी एकताका सवालमा समस्या देखिएको बताउँदै भने– ‘राजनीतिक दलले अराजकतामा, अनुशासन उलंघन गर्नुलाई बहादुरी ठान्ने, देशलाई अनुशासन र छाडा प्रवृत्तितर्फ लैजान खोजिएको छ ।’
उनले केही जरुरी र महत्वका विषयलाई न्याय गर्ने समेत बताए । ओलीले अदालतलाई दबाब दिने र पार्टी एकतालाई कमजोर पार्ने प्रयासहरु भैरहेको बताउँदै भने– ‘आफ्नो सरकार ढाल्ने, दलीय अनुशासन उलंघन गर्ने र अराजकता सृजना गर्ने काम भैरहेका छन् ।’ उनले राष्ट्रपतिमाथि समेत हरेक ठाउँमा औँला उठाउने र निकृष्ट तबरमा उर्लिने काम भैरहेको बताए ।
प्रतिक्रिया