देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संयुक्त राष्ट्रसङ्घद्धारा उत्तर कोरियामा बढ्दै गएको खाद्य सङ्कटप्रति चिन्ता

देशान्तर

काठमाण्डौ– संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामा बढ्दै गएको खाद्य सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घको सुरक्षा परिषद्ले कोरोना महामारीका कारण चीनसँगको सीमा बन्द रहेकाले उत्तर कोरियामा भोकमरी सुरु भएको भन्दै चिन्ता व्यक्त गरेको हो ।

लामो समयको खडेरीका कारण उत्तर कोरियामा सन् १९९० को दशकको भोकमरी पुनरावृत्ति हुने भन्दै राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरसको सङ्क्रमण तथा अनुकूल मौसम नहुँदा उत्तर कोरियामा खाद्य उत्पादन घटेको छ । एक अध्ययनअनुसार उत्तर कोरियामा भोकमरीका कारण गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् ।

केही समयअघि उत्तर कोरियाका नेता किम जोन उनले पनि खाद्य सङ्कट भएको स्वीकार गर्नु भएको थियो ।