काठमाडौं– गत वैशाखमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच सम्पन्न भएको त्रिदेशीय क्रिकेट प्रतियोगितामा उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिएको छ। यस्तै‚ उक्त प्रतियोगितामा डेब्यु गरेका चार खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरिएको हो।
बुधबार एक समारोहबीच मुख्य प्रायोजक माई सेकेण्डटिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई नगदले सम्मान गरेको हो। प्रतियोगिताको फाइनलमा घोषणा गरिएको पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण भएको हो।
त्रिवि अन्तर्रायष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेसिया र नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपालले सिरिजको शीर्ष स्थान हासिल गरेको थियो। आउँदो जुलाईमा स्पेनमा हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोश्रो श्रृंखलामा स्कटल्याण्ड र नाम्बियाको सामना गर्ने छ।
पुरस्कार वितरण समारोहमा खेलाडी ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदो दिनहरूमा पनि नेपालको प्रदर्शन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए। यस्तै‚ इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले त्रिदेशीय सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन देख्दा निकै नै गर्व महसुस भएको बताए।
प्रतिक्रिया