चितवन – चट्याङ लागेर चितवनको राप्तीमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका(९ की ४५ वर्षीय बिजुलीमाया श्रेष्ठ रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान घर नजिकै रहेको खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेर बिजुलीमाया गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि भरतपुर अस्पताल ल्याउंँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया