लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिएको छ ।
एक वर्ष अघि बार्सिलोना छोड्न चाहेका ३४ वर्षीय मेस्सी सम्झौतामा रहेको व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य थिए ।
अब बार्सिलोनासँगको उनको सम्झौता सकिएको छ ।
बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरातसँगै समाप्त भएको हो ।
महिनौँदेखि चलेका विभिन्न हल्ला तथा अनुमानका बाबजुद बार्सिलोनासँग उनले सम्झौता लम्ब्याएनन् ।
नयाँ सम्झौताका लागि छलफल जारी रहेको छ । मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने छन् ।
मेस्सीको ध्यान इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पनि छ ।
अब उनलाई भित्र्याउन चाहने क्लबले बार्सिलोनालाई कुनै पनि रकम भने तिर्नु पर्ने छैन ।
प्रतिक्रिया